ब्ल्याक डेकरको साप्ताहिक पुरस्कार: एक जोडीले दुबई भ्रमण गर्न पाउने



काठमाडौं । होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याक+डेकरले आफ्नो नयाँ बर्षको अभियान “न्यु इयर एक्स्ट्राभ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप” सुरु गरेको छ ।

यस योजना अन्तर्गत, कुनै पनि ब्ल्याक+डेकरका घरायसी सामनहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछन् साथै बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन् ।

अभियानमा सहभागी हुनका लागि, ग्राहकहरुले बीएण्डडी (स्पेस) सामानको नाम (स्पेस) कस्टमरको नाम (स्पेस) ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ । यो अभियान चैत १६, २०७९ देखि सुरु भइ सीमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

ब्ल्याक+डेकरका कुकिङ, फुड प्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेका छन् ।

संसारमै विश्वसनीय र उच्चस्तरीय होम अप्लायन्स ब्ल्याकंडेकरले २४ महिनाको वारेन्टी प्रदान गर्दछ ।


क्लिकमान्डु