सरकारले २२ अर्ब ४६ करोड आन्तरिक ऋण उठाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गरेको हो । ट्रृेजरी मंगलबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ । २८ दिनका लागि ३ अर्बको ट्रेजरी जारी हुनेछ । यो २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।
९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असार २६ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असोज २३ परिपक्व हुनेछ । ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । यो २०८० चैत २७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा वो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । ट्रेजरी बिल धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।