अर्थमन्त्रीले बनाए बजेट मस्यौदा लेखन समिति, सहसचिव बराल संयोजक



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण लेख्न बजेट मस्यौदा लेखन समिति गठन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार मात्रै सरुवा गरेर ल्याइएका सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा बुधबार सरूवा गरेर अर्थ मन्त्रालयमा ल्याइएका उत्तरकुमार खत्री र बाबुराम सुवेदीसमेत सदस्य छन् । मन्त्री महतले तत्कालीन मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा ल्याएका धनीराम शर्मालाई समेत बजेट लेखन समितिमा राखेका छन् ।

यस्तै, अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले र जनकराज शर्मा पनि बजेट लेखन समितिमा सदस्य छन् ।


क्लिकमान्डु