डाबर नेपाललाई नेसनल एचआर एक्सिलेन्स अवार्ड



काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ विजेता घोषणा मार्च ३१ मा गरिएको थियो । यो पुरस्कार डाबर नेपाललाई नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरिएको हो ।

ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मिट २०२३ को विशेष समारोहमा कम्पनीलाई अवार्ड हस्तान्तरण गरिएको छ ।

अवार्ड डाबर नेपालका व्यवसाय प्रमुख एचएस वेदी, एचआर प्रमुख अनिल पुरी र एचआर विभागका अन्य कर्मचारीद्वारा प्राप्त गरिएको थियो ।

नेसनल एचआर एक्सिलेन्स अवार्ड जित्नुलाई कम्पनीले सबैभन्दा बहुमूल्य सम्पत्तिका रुपमा लिएको छ ।


क्लिकमान्डु