सिटी होटलको आईपीओ निष्कासन, कसले कहिलेसम्म दिन पाउँछ आवेदन ?



काठमाडौं । सिटी होटलले (साधारण सेयर) आईपीओ निष्कासन गरेको छ ।

होटलले आजदेखि रोजगारीमा विदेश रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । विदेशमा रहेका नेपालीका लागि कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको हो ।

उक्त सेयरमा वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

पहिलो चरणमा विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको कम्पनीले दोस्रो चरणमा वैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।

विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछ्न । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु