राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्किँदै गर्दा लडेर सांसद घाइते



काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा लड्दा एक सांसद घाइते भएका छन् ।

बिहीबार संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनमा मत हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेका हुन् । त्यसक्रममा उनको टाउकोमा चोट लागेको छ ।

गेटबाट बाहिरिने क्रममा लड्दा सप्तरी- ४ (१) बाट निर्वाचित एकीकृत समाजवादीका सांसद न्यौपाने लडेका हुन् ।

राष्ट्रपति चयनका लागि निर्वाचन जारी रहेको छ । राष्ट्रपतिका लागि ९ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।


क्लिकमान्डु