अब एक ऋणीलाई एउटा मात्रै लघुवित्तले कर्जा दिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट प्रदान हुने कर्जामा कडाइ गरेको छ ।
बुधबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ऋणीलाई दिने कर्जामा कडाइ गरेको हो ।
अब बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त संस्थाले कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्ने छ ।
यसअघि एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिँदै आएका थिए । एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिँदा उक्त ऋण नउठ्ने समस्या बढ्दै गएपछि लघुवित्तका ऋणीहरु समस्यामा पर्दै आएका थिए ।