सम्पत्ति शुद्धीकरण सम्बन्धी कडा कानून बनाउन संसदमा विधेयक दर्ता



काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कडा कानून बनाउन संसदमा विधेयक दर्ता भएको छ ।

शुक्रबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त विद्येयक दर्ता गरेको हो । १७ वटा ऐन तथा संहितासहित संशोधन विद्येयक दर्ता भएको छ । विद्येयकमा निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, नेपाल राष्ट्र बैंक ऐन २०५८, दामासाही सम्बन्धी ऐन २०६३, धितोपत्र सम्बन्धी ऐन २०६३, मावन बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ मा संशोधन दर्ता गरिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४, कसुरजन्य सम्पत्ति तथा साधान (रोक्का नियन्त्रण र जफत) ऐन २०७०, पारस्परिक कानूनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, विद्युन नियमन आयोग ऐन २०७४,
मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि सहिता २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, बीमा ऐन २०७९मा संशोधन प्रस्ताव गरिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण र व्यवसायिक वाताबरण प्रबर्धन गर्न केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकाले संघीय संसदले यो ऐन बनाएको जनाइएको छ ।


क्लिकमान्डु