कोहलपुरदेखि नेपालगञ्जसम्म ११ किमी प्रसारण लाइन बन्दै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोहलपुरदेखि नेपालगञ्जसम्म १३२ किलोभोल्टको विद्युत प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
प्रधिकरणले १३२ किलोभोल्टको डबल सर्किट रहने प्रसारण लाइन निर्माण गर्न लागेको हो । यो प्रसारण लाइनको क्षमता २ सय मेगावाटसम्मको रहने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन कोहलपुर–महेन्द्रनगर १३२ केभीको डबल सर्किट प्रसारण लाइनको १९ नम्बरको टावरबाट निर्माण हुने छ । मल्टी सर्किट टावरमार्फत यो प्रसारण लाइनलाई लुप इन–लुप आउट गर्ने गरी निर्माण गरिने जनाइएको छ ।
प्रसारण लाइनमा १५ वटा एंगल टावर र १९ वछा सस्पेन्सन टावर रहनेछन् ।
प्रसारण लाइन निर्माणका लागि कुल २२.५ हेक्टर जमिन आवश्यक हुने बताइएको छ । जसमध्ये प्राधिकरणले सबस्टेसन र टावर निर्माणका लागि ३.४५ हेक्टर जग्ग अधिग्रहण गर्नेछ भने अस्थायी जग्गाका लागि १८.०७ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ ।
प्रसारण लाइनको निर्माण आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गर्ने बताइएको छ ।