रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै पेट्रोल छर्किएर आत्मदाह प्रयास



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको न्याय माग गर्दै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका हुन् ।

कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि प्रहरीले उनको उद्धार गरेको छ । प्रतिष्ठानमा ड्राइभर रहेका ४० वर्षीयका कार्कीले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि कार्कीले देशमा जताततै भ्रष्टाचार,अनियमितता रहेको र रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बसेर के गर्नु भन्दै प्रश्न गरेका थिए ।


क्लिकमान्डु