बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु



काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यले आत्मदाह गर्नु अघि सामाजिक सञ्जालमा लामो स्टेटस लेखेका थिए । विभिन्न उद्योग व्यवसायमा हात हालेपनि सफलता पाउन नसकेको उनले लेखेका थिए ।

विभिन्न व्यक्ति तथा फर्मले आफू जस्ता उद्योगी व्यवसायीमाथि ठगी गरेको र सरकारको नीतिका कारण समस्या परेको र ऋण तिर्न नसकेका कारण यो अवस्था आएको उनले उल्लेख गरेका थिए ।


क्लिकमान्डु