गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सानिमा बैंकले सञ्चालन गर्‍यो स्वास्थ्य शिविर

21
Shares

काठमाडौं । सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न ।

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरूमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

यसै सिलसिलामा, समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुहरूलाई जोगाउन र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।

यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालीका तथा वडा कार्यलयसंग समन्वय गरी करीब १०५० गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ ।

शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थकर्मीहरूद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरू वितरण गरिएको थियो ।

बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२७ वटा एटीएम संचालनमा रहेका छन् ।