६ विकास बैंक र ४ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको नियम उल्लघन गर्ने ६ विकास बैंक र ४ वटा फाइनान्स कम्पनी कारबाहीमा परेका छन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा बैंकले गरेको गैर स्थलगत सुपरिवेक्षण्को आधारमा कारबाही गरेको हो ।

कारबाही पर्ने विकास बैंकतर्फ कर्पोरेट डभलेपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलेपमेन्ट बैंक, कर्णाली डेभलेपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक कारबाहीमा परेका हुन् ।

कर्पोरेट डेभलेपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलेपमेन्ट बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, जाल्पा विकास बैंकलाई भने अनिवार्य मौज्दात कायम नगर्दा कारबाही गरिएको हो ।

नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेशिभ फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स कम्पनीहरुलाई कर्जा निक्षेप अनुपात र अनिवार्य मौज्दात कायम नगरेको भन्दै कारबाही गरिएको बैंकले जनाएको छ । यस्तै, प्रोग्रेसिभ फाइनान्सलाई भने बैंकले अनिवार्य मैज्दात कायम नगरेको भन्दै कारबाही गरेको हो ।


क्लिकमान्डु