कोरोना, भूकम्प र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र दुर्घटनाको अवस्थामा पुग्नु चिन्ताको विषय: अर्थमन्त्री



काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक अन्तरक्रियामा अर्थमन्त्री शर्माले भूकम्प, कोरोना लगायका केही नहुँदा पनि यो अवस्था आउनु चिन्ताको विषय भएको बताएका हुन् ।

सबै अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेकोले यसको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलले भनाइ छ । उनले समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन आफूले प्रयत्न गर्ने बताए ।

राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै मन्त्री शर्माले समस्या समाधानका लागि आफूले तयारी गरिरहेको बताए।

पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या रहेको भन्दै उनले यसको समाधान गरिने बताए ।अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू लागेको उनले बताए ।

सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्ने उनले बताए । निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि यस क्षेत्रको सबै समस्या समाधान गर्ने गरि सरकार लाग्ने दाबी गरे ।


क्लिकमान्डु