नेपालमा भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३ प्रतिशतले बढेको छ ।
मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।
मंसिर मसान्तसम्म खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।