४ वाणिज्य बैंकसहित १८ कम्पनीको साधारणसभा आज, १२ को लाभांश अनुमोदन हुने



काठमाडौं । पुस २९ गते शुक्रबार(आज)चार वाणिज्य बैंकसहित १८ वटा कम्पनीको साधारणसभा आज सम्पन्न हुँदैछ । शिवम् सिमेन्ट, नेपाल हाइड्रोपावर, हिमालयन पावर पार्टनर, आइसिएफसि फाइनान्स, एनआइसी एशिया बैंक, नेपाल बैंक, कालिका पावर, श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, एक्कर्ड फर्मास्यूटिकल्स, माछापुच्छ्रे बैंक, मञ्जु श्री फाइनान्स, महालक्ष्मी वकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र सेन्ट्रल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न हुने भएको हो ।

माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारणसभाले पनि आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

महालक्षी विकास बैंकको २१ औं वार्षिक साधारणसभाले आव २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने छ ।

नेपाल बैंकको ६२ औं वार्षिक साधारणसभाले आव २०७८/०७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै, नबिल बैंकको ३८ औं वार्षिक साधारणसभाले आव २०७८/०७९ को मुनाफाबाट १८.५० प्रतिशत बोन सेयर र ११.५० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको सातौँ वार्षिक साधारणसभाले १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

नेपाल हाइड्रो डेभलपर १६ औँ वार्षिक साधारणसभाले ०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

हिमालयन पावर पार्टनर लिमिटेडले १० औं वार्षिक साधारणसभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

आइसिएफसि फाइनान्सले सभाले आव २०७८/०८९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

कालिका पावर कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७८/०७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्ने छ ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको छैठौं वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारिसत गर्नेछ ।

सिद्धार्थ इन्स्योरेन्सको २१ औँ वार्षिक साधारणसभासभाले ०७८/०७९ को मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र०.४७३७ प्रतिशत नगद लाभांश पारित गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।

प्रिमियर इन्स्योरेन्सको २९ औँ वार्षिक साधारणसभाले ०७८/०७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्ससँग मर्जरमा जनो प्रस्ताव अनुमोदन गर्नेछ ।

आरएमडिसी लघुवित्तको नवौं वार्षिक साधारणसभाले आव २०७८/०७९को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एक्कर्ड फर्मास्यूटिकल्सको दोस्रो वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

मज्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ आँै वार्षिक साधारणसभाले ०७८ / ०७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश ०७८/०७९ को मुनाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश अनुमादेन गर्ने छ ।
सेन्ट्रल फाइनान्सले २६ औं वार्षिक साधारणसभाले आव २०७८/०७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

एनआइसी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । बैंकले होटल आनन्द, काठमाडौंमा बिहान ९ बजेदेखि सभा बोलाएको थियो । बैंकले वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव सभामा पेश गरेको थियो ।


क्लिकमान्डु