हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक २०७८/७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु