गोठाटारमा रहेको घरजग्गा बिक्री गर्दै नबिल बैंक



काठमाडौं । नबिल बैंक लिमिटेडले (साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड)को आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय, तीनधारा दरबारमार्ग काठमाडौंको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

‘गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संस्थालाई शीलबन्दी बोलपत्र पेश गर्न बैंकले भनेको छ । यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात माघ ११ गतेसम्म बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

बैंकले काठमाडौं जिल्ला गोठाटार गाविस वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ३५२, ३५४ र ३८३ क्षेत्रफल क्रमशः १०९.५८ बर्गमिटर १.६८ वर्गमिटर र २१५.८० वर्गमिटर(घरसमेत) बिक्री गर्नेछ ।

बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको कजर्न असुली विभाग, बिजुली बजार, काठमाडौंबाट कार्यालय समयभित्र खरिद/प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु