ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई लाभाश घोषणा गरेको छ ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ३ प्रतिशत र नगद लाभांश ३.८० प्रतिशत रहेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।