एनएमबि बैंकका सीईओको तलब भत्ता २ करोड ३४ लाख, सञ्चालकले लिए सवा ९ लाख



काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले तलब बापत सीईओ सुनिल केसीलाई ९० लाख रुपैयाँ, संचय कोष बापत ९ लाख, भत्ता बापत ८५ लाख, बोनस तथा वेल्फेयर बापत ५० लाख ३१२ रुपैयाँ र अन्य शुल्क बापत ८४ हजार ३७६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यस्तै बैंकले प्रमुख व्यवस्थापनका कर्मचारीलाई ७ करोड ४४ लाख ३१ हजार ४५२ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
यस्तै बैंकले आर्थिक वर्ष २०७८/०७९ मा संचालक समितिलाई बैठक भत्ता बापत ९ लाख २४ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ ।

एक वर्षमा १४ वटा संचालक समितिको बैठक बसेको छ । बैंकले अध्यक्षलाई १८ हजार र अन्य सञ्चालकलाई १६ हजार भत्ता दिने गरेको छ ।


क्लिकमान्डु