चन्द्रगिरि हिल्ससहित तीन कम्पनीको साधारणसभा आज, सबैले बनाए हात खाली



काठमाडौं । आज तीन वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ । अपर हेवाखोला हाइड्रोपावर, चन्द्रागिरी हिल्स र सामलिङ्ग पावर कम्पनीको वार्षिक साधारणसभा आज सम्पन्न हुने भएको हो ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते गुनियन हाउस, अनामनगरमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभा ११:०० बजेदेखि शुरु हुनेछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

चन्द्रागिरी हिल्सले पुस २१ गते १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, थानकोटमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभा प्रयोजका लागि कम्पनीले पुस १२ बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

यस्तै, पुस २१ गते सामलिङ्ग पावर कम्पनीको चौथो वार्षिक साधारणसभा ज्यावगल ब्याङ्क्वेट, ललितपुरमा बस्दैछ । सभाले आयोजनाको अन्तिम लागत र सो लागत बमोजिमको बैंकको ऋण लगानी रकम अनुमोदन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।


क्लिकमान्डु