भाटभटेनीले मूल्य र मिति नराखेको, चिनी र नुन पुनःप्याकिङ गरेको पाइएपछि साढे दुई लाख जरिवाना



मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा दुई लाख ५० हजार जरिवाना गरेको छ ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो । अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए ।


क्लिकमान्डु