गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय: निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

सोमबार उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएसँगै पदभार ग्रहणका लागि सिंहदरबार स्थित गृहमन्त्रालय पुगेका लामिछानेले गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय निर्मला प्रकरण हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

गृहमन्त्रालयको आफूले मन्त्रीको जिम्मेवारी लिएसँगै शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले गर्ने काम सबैभन्दा धेरै गर्न चाहेको उनले बताएका छन् ।


क्लिकमान्डु