रवि लामिछानेले गरे पदबहाली, जनजीविकाका विषय प्राथिमकतामा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबहाली गरेका छन् । सोमबार उपप्रधान तथा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए लामिछानेले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

आफूले मन्त्रीको जिम्मेवारी लिएसँगै शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले गर्ने काम सबैभन्दा धेरै गर्न चाहेको बताएका छन् ।

‘आम जनजिविकासँग जोडिएका विषय प्राथमिकतामा रहन्छन् । सबैभन्दा धेरै काम गर्नु पर्ने गृह प्रशासन हो । नागरिकले सेवा नपाएको हो कि भन्ने गुनासो रहेको र यहाँबाट पहल गर्नु पर्ने हो कि भन्ने लागेको थियो त्यसैले गृह मन्त्रालय रोजें । गृह र प्रहरी प्रशासनले धेरै गर्न सक्छ र यहाँ बसेर योगदान दिन सकिन्छ भन्ने लागेको छ’ पदबाहलीका क्रममा उनले भने ।


क्लिकमान्डु