गोर्खा इको प्यानलको सहकार्यमा गाउँंपालिका भबन बन्न सुरु




काठमाडौं । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम थालेसँंगै गाउँंपालिकाको आफनै भबन बन्ने क्रम सुरु भएको छ । धादिङ्ग जिल्ला सिद्धलेक गाउँपालिकाको वडा नं १, ४ र ७ को तीन वटा वडा कार्यालय भबन बन्ने क्रम सुरु भएको हो । यसका लागि सिद्धलेक गाउँंपालिका र गोर्खा इको प्यानलबीच सम्झौता भएको छ ।

वडा नं १ को गहतेटार, वडा नं ४ को अर्वस्टार र वडा नं ७ को पिपलटार माझीगाउँंको गाउँंपालिमा इको प्यानलले ३ वटा कोठा, एउटा हल र बाथरुम बनाउने भएको हो । तीन वडा कार्यालयको फाउण्डेशनको कार्य उपभोक्ता समितिबाट निर्माण गरिन्छ ।

यसको नक्साको डिजाइन भने गोर्खा इको प्यालनले गरिदिएको हो । ट्रष्ट, जस्ता, गोर्खा इको प्यानल, यूपीभीसी झयाल ढोकालगायतका निर्माण सामाग्रीको प्रयोग गरी भबन बनाउन लागिएको हो । यी तीन वटै स्थायी प्रकारका संरचना हुन् ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र निर्माण सम्पन्न गर्न सकिने भएकाले गोर्खा इको प्यानलका निर्माण सामाग्री राखेर गाउँंपालिका भबन बनाउन लागिएको जानकारी दिए ।

‘यी निर्माण सामाग्रीको प्रयोगबाट चांँडो निर्माण सम्पन्न हुनेछ, ७० वर्षको वारेन्टी भएको स्थायी तहका भवनमा इको प्यानलका निर्माण सामाग्री प्रयोग गरिएको हो,’ सिलवालले भने ।

देशभरका धेरै नगरपालिका, गाउँंपालिकाका वडा कार्यालयहरुका आफनै भबन छैनन् ।
काठमाडौं उपत्यकाकै नगरपालिका, गाउँंपालिका भबनको अभाबमा भाडामा छन् । धेरै वडा कार्यालय, गाउँंपालिकाका वडा कार्यालयहरु अहिले पनि भबनविहीन छन् ।

सहरी विकास तथा भबन निर्माण विभागले स्थायी तथा अस्थायी संरचना निर्माणका लागि वालको रुपमा प्रयोग गर्न स्वीकृति प्राप्त भएकोले पनि गोर्खा इको प्यानल प्रयोग गरी वडा कार्यालय बनाउन लागेको सिलवालले बताए ।

स्थानीय निकाय निर्वाचनपछि स्थानीय निकायका लागि यो भरपर्दाे निर्माण सामाग्री हुने उनको भनाई छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिबहाल भए पनि नवनिर्वाचित पदाधिकारीलाई आफनै भबनको अभाबमा काम गर्नमा समस्यामा छन् ।


पुष्प दुलाल