बिन्दाबासिनी हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । बिन्दाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले पुस २२ गतेका लागि साधारणसभा बोलाएको छ । सभाका लागि भन्दै पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपनि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु