प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस सेयर ४ प्रतिशत र कर सहित ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु