बैंक तथा वित्तीय संस्थाको संस्थापक र सीईओ बन्न राष्ट्र बैंकले थप्यो योग्यता, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यता सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्रै सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत बन्न पाउनेछ ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सकेको हुनुपर्ने छ । यो भने राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था हो ।

यस्तै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको भए सञ्चालक वा सीईओ बन्न पाउने छैन ।


क्लिकमान्डु