सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सचिव रेग्मी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन् ।

उनले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताए । सहकारी तथा सरोकारवा निकायहरुले कम्फड जोन नछोडे कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति नहुने उनको भनाइ छ ।

सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, बिस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताए । उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्ने बताए ।

सचिव रेग्मीको भनाइ जस्ताको त्यस्तै

अब सहकारीहरुले कम्फड जोन छोड्नुपर्छ । सहकारीलाई कसले प्रोत्साहन गर्ने,कसले बिस्तार गर्ने,को नियामकमा बस्ने र कसले अन्तर निकायहरुसँग समन्वय गर्ने विषयमा यकिन हुनुपर्छ । नत्र कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति हुँदैन । कम्फर्ट जोन मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले पनि तोड्नुपर्छ । अबको सहकारीको संस्कृतिबिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सरकारले चाहेको जस्तो अर्थतन्त्रमा चलायमान गराउन धेरै चुनौती छन् । सरकारले संस्थागत संरचनाहरु धेरै बनाउँछौं । तर, संस्कृतिक र प्रभावकारीता बढाउन जरुरी रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई वटा रोलमा आउनुपर्छ । जसमा हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई देखेर गलत काम गर्ने सहकारीलाई त्रासको वातावरण बनाएर तर्सनुपर्छ । गलत काम गर्ने सहकारीलाई समितिले कारवाही गर्दा बचतकर्ताको रकमलाई समेत सुरक्षित गर्ने अभियानमा लागेका छौं । सरकारले समग्र सहकारीलाई शुसाशनयुक्त बनाउनमा सबैको सहकार्य आवश्यक छ ।


क्लिकमान्डु