बैंकहरुले चैतदेखि घटेको नयाँ स्प्रेडदर लागू गर्नुपर्ने



काठमाडौं । बैंकहरुको स्प्रेड दर (निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याज अन्तर) घटाउने राष्ट्र बैंकको नयाँ व्यवस्था आगामी चैतदेखि मात्रै लागू हुने भएको छ ।

नियामक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् बैंकहरुको स्प्रेड दर घटाउने नीतिगत व्यवस्था गरेकोा थियो । बुधबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले आगामी चैतदेखि नयाँ स्प्रेडदर लागू गर्न निर्देशन दिएाको छ ।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर वाणिज्य बैंकहरूको हकमा ४.२ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नु र्ने जनाएको छ।

सो अन्तर २०८० असार महिनाबाट “क” वर्गका वाणिज्य बैंकहरूको हकमा ४.० प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४।६ प्रतिशतभन्दा बढी नहुने राष्ट्र बैंकको निर्देशन छ।


क्लिकमान्डु