भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाख रुपैयाँको पुरस्कार दिँदैछौंः स्वर्णिम वाग्ले



काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उदेश्यले यो पुरस्कार स्थापना गर्न लागिएको अर्थशास्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।

भ्रष्टाचारविरोध नागरिकहरुको पहलमा उक्त पुरस्कार स्थापना गर्न लागिएको वाग्लेले बताए ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।


क्लिकमान्डु