कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग बुधबार एक कार्यक्रममा सम्झैता गरेको छ ।

यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ ।

साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने बैंकले जनाएको छ ।

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।


क्लिकमान्डु