नबिल बैंकको बम्पर लाभांश घोषणा, बोनस साढे १८ प्रतिशत दिँदा नगद कति दियो ?



काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु