यी हुन् स्टयाण्डर्ड चार्टर्ड बैंकमा ०.५०% भन्दा बढी सेयर स्वामित्व हुने ५ नेपाली



काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकमा नेपालीको २९.७९ र विदेशी संस्था तथा बैंकको ७०.२१ प्रतिशत लगानी रहेको छ ।

बैंकमा हाल ७०.२१ प्रतिशत विदेशी कम्पनी तथा बैंकको लगानी रहेको छ । १०० प्रतिशत लगानीमा नेपालीको भने २९.७९ प्रतिशत रहेको लगानी रहेको छ ।

नेपालीको २९.७९ प्रतिशतमा सर्वसाधारणको २८.५९ प्रतिशत र अन्य व्यक्तिको १.२० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज प्रालिको ४६.८१ प्रतिशत अर्थात ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता, स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर स्वामित्व रहेको छ ।

उक्त बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेको छ । ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने नेपालीमा सबै अग्रवाल नै रहेका छन् ।

जसमा शंकरलाल अग्रवालको ०.६९ प्रतिशत अर्थात ६ लाख ४६ हजार ३९५ कित्ता सेयर स्वामित्व रहेको छ भने बाँकी ४ जनाको सेयर स्वामित्व ०.७० प्रतिशतका दरले रहेको छ ।

शशि अग्रवालको ०.७० प्रतिशत अर्थात ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात ६ लाख ६० हजार ८३६ कित्ता, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात ६ लाख ६० हजार ८३६ कित्ता र अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात ६ लाख ६० हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु