सेयरधनीलाई साढे १६% नगद लाभांश दिएको स्टयाण्डर्ड चार्टर्ड बैंकका सीईओको तलब सवा ३ करोड



काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले एक वर्षमा सीईओ अनिर्वाण घोष दस्तीदारलाई १ अर्ब ९५ करोड ८७ लाख १४ हजार ९६ रुपैयाँ कर्मचारीलाई तलब, भत्ता तथा बोनसमा खर्च गरेको छ ।

बैंक सञ्चालक समितिकी अध्यक्ष जरिन दारुवालालले कुनै पनि सञ्चालक समितिको बैठक भत्ता लिएकी छैनन् ।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालक समितिको १५ वटा बैठक बसेको छ । जसमा अध्यक्ष दारुवाला, सञ्चालक समितिका सदस्य करेन डे अल्विस र अनिर्वाण घोष दस्तीदारले कुनै पनि भत्ता लिएका छैनन् ।

तर कृष्ण कुमार प्रधानले १२ वटा बैठकमा सहभागी भएर २ लाख ७४३ हजार र भरत कुँवरले १५ वटा बैठकमा सहभागी भएर ३ लाख ३६ हजार रुपैयाँ भत्ता लिएका छन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आज बस्ने साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु