यी हुन् ग्लोबल आइएमई बैंकमा ०.५% भन्दा बढी सेयर स्वामित्व हुने १६ व्यक्ति, समूह, फर्म तथा कम्पनी



काठमाडौं । ग्लोबल आइएमई बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेमा १६ व्यक्ति, समूह, फर्म तथा कम्पनी रहेका छन् ।

बैंकमा ७ वटा समूह, फर्म तथा कम्पनी र ९ जना व्यक्तिको सेयर स्वामित्व ०.५ प्रतिशतभन्दा बढी रहेको छ ।

बैंकमा आइएमई होल्डिङ्स प्रालिको ४.०६ प्रतिशत अर्थात ९६ लाख ४९ हजार ३५६ कित्ता, आइएमई एन्भेष्टमेन्ट प्रालिको ३.६६ प्रतिशत अर्थात ८७ लाख ५ हजार २५३ कित्ता, कन्टिनेण्टल इन्भेष्टमेन्टको १.६८ प्रतिशत अर्थात ४० लाख २ हजार २४४ कित्ता र निमिषा इन्भेष्टमेन्ट प्रालिको १.०८ प्रतिशत २५ लाख ७८ हजार ४११ कित्ता, होमल्याण्ड डेभलपर्सको १.०६ अर्थात २५ लाख २६ हजार ४० कित्ता, कामधेनु इन्भेष्टमेन्टको ०.७९ प्रतिशत अर्थात १८ लाख ८७ हजार ६३९ कित्ता र राष्ट्रिय बीमा संस्थानको नाममा ०.५० प्रतिशत अर्थात ११ लाख ८९ हजार १८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा सुमित कुमार अग्रवालको २.०४ प्रतिशत अर्थात ४८ लाख ५८ हजार ४४ कित्ता, बिष्णु कुमार न्यौपानेको २.०४ अर्थात ४८ लाख ५१ हजार ३९ कित्ता, उत्तम कुमार नेपालको १.३८ प्रतिशत अर्थात ३२ लाख ९३ हजार ५९ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा १ प्रतिशत भन्दा कम सेयर स्वामित्व हुनेमा हेमराज ढकालको ०.९८ प्रतिशत अर्थात २३ लाख ३२ हजार ३५३ कित्ता, क्याबिनेट श्रेष्ठको ०.९३ प्रतिशत अर्थात २२ लाख ६ हजार ६४१ कित्ता, सन्दीप अग्रवालको ०.८४ प्रतिशत अर्थात १९ लाख ९२ हजार १५४ कित्ता, सुरज कुमार श्रेष्ठको ०.७१ प्रतिशत अर्थात १६ लाख ७८ हजार ६ सय कित्ता, विनोद कुमार भिमसरियाको ०.६७ प्रतिशत अर्थात १५ लाख ८८ हजार ४९७ कित्ता र दुगार्ए प्रसाद न्यौपानेको ०.५३ प्रतिशत अर्थात १२ लाख ६३ हजार ३४३ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु