नेपाल बीमा प्राधिकरणमा सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका लागि रोजगारीको अवसर



काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका ३६ जना कर्मचारी माग गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै लोक सेवा आयेगबाट प्राप्त सहमति बमोजिम प्राधिकरणमा रिक्त रहेका पदहरुका लागि नेपाल बीमा प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनिमयअनुसार आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न दरखास्त माग गरेको हो ।

प्राधिकरणले अधिकृत द्धितीयस्तरको उप निर्देशक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट दुई जना र खुला प्रतियोगिताबाट एक जनाको लागि आवेदन माग गरेको छ ।

प्राधिकरणले खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरी उप निर्देशक पदका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । यस्तै, सूचना प्रविधि पदका लागि एक जना उपनिर्देशक माग गरेको छ ।

प्राधिकरणले प्रसासनतर्फ अधिकृत तृतीय सहायक निर्देशक पदका लागि १५ जनाको दरखास्त आह्वान गरेको छ । सहायक निर्देशकतर्फ प्राधिकरणले कानुनका लागि २ जना माग गरेको छ । यस्तै, सहायक निर्देशक ( चार्टर्ड एकाउन्टेन्ट) पदका लागि तीन जना कर्मचारी माग गरिएको छ ।

प्राधिकरणले सूचना प्रविधितर्फ एक जना सहायक निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । यस्तै, प्राधिरणले प्रशासनतर्फ सहायक प्रथम पदका लागि १० जनाको आवेदन माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यस्तै, दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु