साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीको आम्दानी १ अर्बमाथि, साढे १ अर्ब रुपैयाँ ऋण लिँदै



काठमाडौं । साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले सन् २०२२ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । विशाल ग्रुप र टटर ग्रुपको ४३/४३ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२२ मा १ अर्ब आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब १ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२० मा ९८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाइड्रोपावर कम्पनी आयोजनाका लागि सिभिल टनेलिङ क्षेत्रमा काम गर्दै आएको कम्पनीले साढे १ अर्बको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको अध्यक्ष बच्चाराज टटर हुन् । कम्पनीअनुसार सन् २०२२ मा पेट्रोलियम पदार्थको मूल्य, स्टिल र सिमेन्टको मूल्यले गर्दा निर्माण कार्यमा निकै प्रभाव परेको जनाएको छ । साथै, सन् २०२२ मा मूल्यवृद्धिले गर्दा नाफामा निकै असर परेको कम्पनीको भनाइ छ ।

कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा २.२१ प्रतिशतले आम्दानी बढेको छ । तर, नाफा भने ह्वात्तै घटेको पाइन्छ । कम्पनील सन् २०२१ मा ११ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा ६ प्रतिशत मात्रै नाफा कमाएको छ । ढुवानी खर्च र कच्चा पदार्थको मूल्यले गर्दा नाफा करिब आधाले घटेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु