गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा



काठमाडौं । सरकारले ४ प्रकारका बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । ति बस्तुहरुको आयत पुसदेखि खुल्ने छ ।

मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तर, भदौमा सरकारले ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो ।


क्लिकमान्डु