टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक, पूर्ण चार्ज हुँदा ८ सय किमीभन्दा धेरै चल्ने



काठमाडौं । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको वितरण शुरु गरेको छ ।

कम्पनीले दाबी गरेअनुसार यो ट्रक डिजेलबाट चल्ने ट्रकको तुलनामा ३ गुणा धेरै बलियो रहेको छ । ट्रकले २० सकेन्डमा नै ९७ किमि प्रति घण्टाको स्पिड लिन सक्छ भने पूर्ण रुपमा चार्ज भएपछि ट्रक ८ सय ५ किमि चल्ने कम्पनीले जनाएको छ ।

टेस्ला कम्पनीका मालिक एलन मस्कले अमेरिकाको नेभाडा स्पाक्र्सस्थित कम्पनीको उद्योगमा आयोजित एक कार्यक्रममा सफ्ट ड्रिंक कम्पनी पेप्सीलाई पहिलो ट्रकको डेलिभरी दिएका छन् ।

योसँगै ट्रकको वितरण पूर्ण रुपमा शुरु भएको छ । ग्राहक वर्गले यसअघि नै टेस्लाको ट्रकको खरिदका लागि अग्रिम बुुकिङ गरेका थिए ।

कम्पनीकाअनुसार ट्रकको मूल्य १ लाख ५० हजार अमेरिकी डलरबाट सुरु हुने बताइएको छ ।


क्लिकमान्डु