विद्युतीय सवारीमा सर्वसाधरणको आकर्षण बढ्दो



काठमाडौं । नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको इभि नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सयभन्दा बढी विद्युतीय सवारी साधन अवलोकनकर्ताहरु आएको आयोजकको भनाइ छ ।

इभि एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणहरुको आकर्षक बढेको देखिएको बताए । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेभन्दा दोब्बर बढी सर्वसाधरणहरु अवलोनकका लागि आएको दाबी गरे ।

क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरु आउन चाहेको बताए । नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

विद्युतीय सवारीसाधनको लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक रहेको उनले बताए । अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पु¥याए मात्रै पनि धेरै नेपाली पैसा नेपाल भित्र नै रहने उनको भनाइ छ ।

त्यस्तै विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेकोभन्दा बढी अवलोकनकर्ताहरु आएको बताए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरुको भन्दा अरुको सम्भावना कम रहेको बताए ।

इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारका मानिसहरु नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसारणको उपस्थित राम्रो रहेको बताए ।

उनले एक्स्पोमा भएको उपस्थितीले नेपालीहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने बताए ।

एक्स्पो अवलोकनका आएका बद्री अर्यालले भने विद्युतीय सवारी साधन चढ्नुपर्ने भए पनि अत्याधिक महँगो भएको गुनासो गरे ।

उनले सर्वसाधरण नेपालीले चढ्नसक्ने गरी राज्यले भन्सार कम गरेर वा मूल्य तोक्न आवश्यक देखिएको बताए ।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ ।

विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्छ ।

एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा थिए ।


क्लिकमान्डु