भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्ध हटायो



काठमाडौं । भारत सरकारले कनिका चामलको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भारत सरकारले गत सेप्टेम्बरमा कनिका चामलमाथि प्रतिबन्दसँगै बासमतीभन्दा बाहेकका चामलको निर्यातमा पनि २० प्रतिशतसम्म कर लगाएको थियो ।

आन्तरिक आपुर्ति सुनिश्चित गर्न गत सेप्टेम्बरमा गरिएको यस्तो निर्णयलाई भारत सरकारले हटाएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)ले सार्वजनिक गरेको सूचनाअनुसार अब सेप्टेम्बरभन्दा अघि रहेकै नियम लागू हुनेछ ।


क्लिकमान्डु