सेञ्चुरी बैंकको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ ।

बुधबार बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

जसमा ४.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिबत नगद लाभाशं रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिभई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।


क्लिकमान्डु