नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम सझौता पत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरका लागि अन्तिम सझौता पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्दै हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै दुवै बैंकले विशेष साधारणसभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीईओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।


क्लिकमान्डु