नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सोमबार बसेको सन्चाक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त प्रस्ताव केन्द्रीय बैंकले उक्त प्रस्ताव स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपनि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु