मनाङमा पौने ११ अर्ब लगानीमा ५८.९० मेगावटको जलविद्युत उत्पादन हुने



काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्लामा पौने ११ अर्ब लगानीमा ५८.९० मेगावाटको जलविद्युत उत्पादन हुने भएको छ ।

मनाङ जिल्लाको चामे गाउँपालिका वडा–५, नासो गाउँपालिका वडा–९, नार्पाभूमि गाउँपालिका वडा–२ र मनाङ स्यिाङ गाउँपालिका वडा–१ अन्तर्गत नार खोला जलविद्युत आयोजनाले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लगानीमा ५८.९० मेगावाट बिजुली उत्पादन गर्ने भएको हो ।

नार खोला हाइड्रो इनर्जी प्रालिले प्रस्ताव गरेको आयोजनाको (वातावरणीय प्रभाव मूल्याङ्कन) ईआइए तयार भइसकेको छ । कम्पनीले वार्षिक ३४१.२८ गिगावाट आवर र सुख्खा याममा १०५.७५ गिगावट आवर उर्जा उत्पादन गर्नेछ ।

त्यस्तै, पिकिङ अवधिमा १०.०८ गिगावाट आवर, नन पिकिङ अवधिमा ९५.६७ गिगावटा र वर्षा याममा २३५.५३ गिगावाट आवर उर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीअनुसार कुल आधारभूत लागतसहित वार्षिक प्रति मेगावाट १८ करोड २५ लाख २१ हजार रुपैयाँ आम्दानी गर्ने जनाएको छ ।

तर, कम्पनीले आधारभूत लागतबाहेक वार्षिक १६ करोड ९ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको इआइएमा उल्लेख छ ।
कम्पनीले ४ अवधिमा निर्माण कार्य सम्पन्न गर्नेछ । साथै, १० वर्षको अवधिमा ऋण चुक्ता गर्ने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु