एमालेको तेस्रो जीत: उदयपुर-२ मा रायमाझी निर्वाचित



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात भइरहेको मतगणनामा एमालेले तेस्रो जीन निकालेको छ । एमालेले उदयपुर–२ मा जीत निकालेको हो ।

उदयपुर–२ मा नेकपा एमालेका उम्मेदवार रहेका अम्बरबहादुर रायमाझीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जीत निकालेका छन् । उनले कुल १५ हजार २५९ मत ल्याउँदै जीत निकालेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धीका रुपमा देखिएका गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् । जीत निकालेका एमाले उम्मेदवार रायमाझी र गठबन्धनका उम्मेदवार खतिवडाबीच २ हजार २५८ मतान्तर रहेको छ ।

सो निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रामकुमार राई रहेका छन् । उनले १० हजार ३७९ मत ल्याएका छन् ।

एमालेले यसअघि काठमाडौं-९ र ललितपुर-२ मा जीत निकालेको थियो । यी दुई क्षेत्रमा क्रमशः कृष्णगोपाल श्रेष्ठ र प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।


क्लिकमान्डु