काठमाडौं ४: गगन थापाले राजन भट्टराईलाई ५५ सय मतले पछि पारे



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले एमालेका उम्मेद्वार राजन भट्टराईसँगको मतान्तर थप फराकिलो बनाउँदै लगएका छन् ।

शुरुदेखि नै भट्टराईलाई पछि पार्दै आएका थापाले मतान्तर बढाउँदै लगेका हुन् । पछिल्लो मत परिणामअनुसार थापाले भट्टराईलाई ५५ सय मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका थापाले १७५१६ मत ल्याएका छन् भने एमालेका भट्टराईले १११९८ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार ठाकुर मोहन श्रेष्ठले १७८४ मत ल्याएका छन् ।


क्लिकमान्डु