नवलपरासी पश्चिम १: विनोद चौधरी पहिलो, घण्टी दोस्रो र हृदयेश तेस्रो



नवलपरासी । नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

शुरुदेखि नै अग्रता लिएका कांग्रेसका उम्मेद्वार विनोद चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेद्वार हृदयेश त्रिपाठीलाई निरन्तर पछि पारेका छन् । त्रिपाठीलाई चौधरीले ७०० मतले पछि पारेका छन् । पछिल्लो अपडेटअनुसार चौधरी पहिलो, घण्टी दोस्रो र त्रिपाठी तेस्रो स्थानमा छन् ।

पछिल्लो मत परिणाम अनुसार ५३६४ मत गणना गरिसकिएको छ । जसमध्ये कांग्रेसका चौधरीले १९८७ मत ल्याएका छन् भने एमालेको समर्थन रहेका जनता प्रगतिशल पार्टीका अक्ष्यक्षसमेत रहेका त्रिपाठीले १२९२ मत ल्याएका छन् ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले १३०३ मत प्राप्त गरेका छन् ।

त्रिपाठी पाँच पटक यही निर्वाचन क्षेत्रबाट चुनिएका थिए भने चौधरी पहिलोपटक प्रत्यक्ष चुनाव उठेका हुन् ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले ८४५ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु