काठमाडौं-९ मा एमालेको अग्रता, माओवादी केन्द्रकी कल्पना धमला तेस्रो स्थानमा
काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् ।
नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् । यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् ।